म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक (भिडियो)

pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। कलाकार बिराज बास्कोटाको बेजोड अभिनय समेटिएको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक गरिएको छ। काठमाडौंको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा एक पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोइट्री सार्वजानिक गरिएको हो। निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ।

थिएटर नाटकमा अब्बल बास्कोटाले यस पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ। विभिन्न टेलिश्रृंखला तथा दुई दर्जन बढी म्युजिक भिडिओमा आफ्नो कला प्रस्तुत गरिसकेका उनको ‘कालो प्रकाश’ पहिलो म्युजिकल पोइट्री हो। नेपालमै पहिलोपटक हामीले फरक तरिकाले गरेका छौं। मैले अभिनयमा बेस्ट दिन कोसिस गरेको छु र दर्शकले मन पराउनेमा विश्वस्त छु। कलाकार बास्कोटाले भने।

पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गरेका छन् भने उनकै आवाजमा भरिएको छ। बिषम आचार्यको संगीतमा निर्माण भएको उक्त पोइट्रीमा कलाकार उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलिया लगायतको अभिनय रहेको छ। भिडिओको छायांकन योगेश दाहालले गरेका छन् भने श्रृङ्गार बिक्रम गौतमको रहेको छ।

कलाकारितामा लागेको मानिसको सफलता असफलताको निश्चित नहुने वा जीवनको गोरेटोबारे स्पष्ट नहुने तर संघर्ष धेरै हुने विषयलाई पोइट्रीमा निर्देशकले देखाउन खोजेका छन्। यद्यपी, अन्तिममा पोइट्रीले आशाको किरण पनि प्रदान गरेको छ। अभिनय, शब्द र म्युजिकको अनुपम मिश्रणले नयाँ स्वाद प्रदान गरेको भन्दै प्रशंसा भइरहेको छ। पोइट्री ओएसआर डीजीटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्