अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज

मोरङ। अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका- १५ एक नम्बर ढाँटबाट शुक्रबार भारत बिहार अररिया थाना फारबिसगंजका २२ वर्षीय मुजमिल अन्सारी पक्राउ परेका हुन्।

उनको साथमा करिब १ ग्राम ६ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका अवस्थामा उनलाई नियन्त्रणमा लिएको थियो।

त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्