जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकपाटी न्यूज

बाजुरा। प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाजुराको जगन्नाथ गाउँपालिका- ३ बस्ने २८ वर्षीय मदन ढोली रहेका छन्। पीडितकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले ढोलीलाई पक्राउ गरेको हो।

उजुरीको आधारमा प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले उनलाई गए राति पक्राउ गरेको थियो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्