शीर्ष नेताहरूको बैठक बालुवाटारमा

Baluwatar-
प्रधानमन्त्री निवास बालुवाटार : फाइल फोटो
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष दलका नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीसहित नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेता सहभागी छन्।

प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसदमा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा शीर्ष नेताको बैठकमा छलफल हुने बुझिएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, काँग्रेस महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलगायत उपस्थित छन्।

संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम नराखिकनै सहकारीको नाम राख्ने विषयमा प्रस्ताव आएपछि उनीहरू छलफलमा जुटेको बताइएको छ। यसअघि संसदीय छानबिन समितिको टिओआरमा सहमति हुन नसक्दा संसद् अवरुद्ध हुँदै आएको छ।

आज बसेको प्रतिनिधिसभा बैठक पनि काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो। बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ। संसद् प्रभावित हुँदा सरकारको नीति कार्यक्रम र बजेट पनि प्रभावित हुने देखिएको छ।