जान्नुहोस् बिरे नुनका ८ फाइदा

birenun
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बोलीचालीमा बीरेनुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन छ। पेट दुख्दा या ग्याष्ट्रिक हुँदा यसको प्रयोग गर्ने गरिएको छ। यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ। यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ। यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन। बिरेनुनले विभिन्न स्वास्थ्य समस्यालाई नियन्त्रण गर्नेसमेत काम गर्छ।

– बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ। यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ।

– बिरेनुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्छ। जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपनलगायत समस्याबाट छुट्कारा मिल्छ। यसरी बिरेनुनले पेटलाई स्वस्थ र सशक्त राख्ने काम गर्छ। खाना पचाउनमा यसको महत्वपूर्ण भूमिका हुन्छ।

– बिरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्व हुन्छन्। जसका कारण मोटोपना, खराब कोलस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ। त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, रक्तअल्पता (एनिमिया), रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ।

– यसले धातुबाट हुने असरबाटसमेत बचाउँछ। त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ।

– यसको सेवनले कुष्ठरोग, दाद वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ। बिरेनुनलाई जुनसुकै तरिकाले पनि प्रयोग गर्न सकिन्छ। प्राकृतिक बिरेनुनले खानालाई सुरक्षित राख्ने काम गर्छ। यसलाई टेबुल साल्टका रूपमा वा साँध्ने खालका खानामा सोझै प्रयोग गर्न सकिन्छ। यसलाई पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ।

– त्यस्तै, मनतातो पानीमा प्राकृतिक बिरेनुनको मिश्रण गरी नुहाएमा शरीरमा लाभ मिल्छ ।

– दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन्छ ।

– दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहत महसुस हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्