सल्यानमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज
0 Shares

सल्यान। सल्यानमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्। छत्रेस्वरी गाउँपालिकाका २० वर्षीय पाण्डव गिरी र शारदा नगरपालिका–२ का १८ वर्षीय डिप्लप थापालाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो।

छत्रेस्वरी गाउँपालिका– ६ लान्टीदेखि शंखमुल तर्फ जाँदै गरेको रा ५ प ४९९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

मोटरसाइकल चालक गिरीको पर्समा प्लास्टिकमा प्याक गरी लुकाइराखेको अवस्थामा प्लाष्टिकसहित ११० र मिलीग्राम ब्राउनसुगर फेला परेको डिएसपी कार्कीले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई लागु औषध सम्बन्धी मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। प्रहरीको हिरासतमा रहेका दुबै जनालाई अदालतले चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्