मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

madan-bhandari-foundation1-pic
लोकपाटी न्यूज

काठमाडौं। मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८० का निम्ति दरखास्त आह्वान गरेको छ। आउँदो असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेस गर्नुपर्ने जनाएको छ। पुरस्कारको राशि एक लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ।

फाउन्डेसनले जारी गरेको सूचनाअनुसार सामाजिक न्याय, पर्यावरण संरक्षण, आर्थिक समृद्धि विभेदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीन प्रयोग गरी समाजमा महत्त्वपूर्ण योगदान र्पुयाएका एकजनालाई पुरस्कार प्रदान गरिनेछ।

मदन भण्डारी जन्मजयन्तीका दिन असार १४ गते पुस्कार प्रदान गरिनेछ। फाउन्डेसनले ०६८ सालदेखि समाजमा विशेष योगदान गरेका व्यक्तिलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ।

affg-1716626425

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्