संसदको ओझ खस्कँदै गएको छ : अग्निप्रसाद सापकोटा

Agni_Sapkota
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्कँदै गएको बताएका छन्।शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन, मर्यादाहीन भएको बताएका हुन्।

संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भए पनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको उनले बताए। उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्