स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्थामा जाऔं : अध्यक्ष डा राउत

ck_raut
लोकपाटी न्यूज

लेखनाथ। जनमत पार्टीका अध्यक्ष डा सिके राउतले वर्तमान राजनीतिक प्रणालीका कारण राजनीतिक स्थायित्व कायम हुन नसकेको बताएका छन्। मधेस-कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनमा आज उनले राजनीतिक अस्थिरता अहिले प्रमुख चुनौतीको रुपमा देखा परेको बताए।

अध्यक्ष डा राउतले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानी भित्रिन नसकेको बताए। ठूला आयोजना विकास गर्न नेपालको स्रोत अपुग गरेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वबिना वैदेशिक लगानी भित्र्याउन कठिन हुने बताए।

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने उनको भनाई छ। ‘वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन। स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला,’ उनले भने।

उनले समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रको रुपमा सामाजिक लोकतन्त्रको कुरा गरेको धारणा राखे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्