सरकारको नीति तथा कार्यक्रममा समर्थन हुँदैन : चित्रबहादुर केसी

chitra-bahadur kc
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रममा समर्थन नहुने बताएका छन्। आज बसेको संसद बैठकमा संसदमा नीति तथा कार्यक्रमको छलफलमा अध्यक्ष केसीले सहकारी ठगलाई जोगाउन सत्तापक्षले षडयन्त्र गरिरहेको बताउँदै नीति तथा कार्यक्रमलाई समर्थन नगर्ने बताएका हुन्।

उनले सरकारको यो रवैया लोकतन्त्रमाथिको आक्रमण भएको उल्लेख गरे। उनले भने, ‘सहकारीमा ठगेर यत्रो मुलुकलाई असार पार्नेहरूलाई सत्ता पक्षले जोगाउन जुन संयन्त्र गरेको छ। यो लोकतन्त्र माथिको आक्रमण हो। यसमा राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्