कृष्णसेन इच्छुकको स्मृति दिवसमा प्रभातफेरी

krishnasen-ichchhuk-pravatferi
लोकपाटी न्यूज

काठमाडौं। पत्रकार एवम साहित्यकार कृष्णसेन इच्छुककको २२ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले प्रभातफेरी गरेको छ। संगठन केन्द्रीय समितिको आयोजना तथा उपत्यका प्रदेश समिति, प्रतिष्ठान प्रदेश समिति र एसोसिएट प्रदेश समितिको संयुक्त समन्वयमा संगठनको कार्यालय बवरमहलदेखि माइतिघर प्रभातफेरी गरिएको हो।

प्रभातफेरीपछि संगठनको कार्यालय बवरमहलमा संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतमा कोणसभा गरिएको थियो। प्रभातफेरी एवम कोणसभामा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख अग्नि सापकोटा, सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवम प्रेस सेन्टर नेपालका पूर्वअध्यक्ष गोविन्द आचार्य, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, पूर्व महासचिव ओम शर्मा, प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे लगायतको उपस्थिति रहेको थियो।

दिवसका अवसरमा प्रेस सेन्टर नेपालले माघ १५ गते संगठनको स्थापना दिवसका अवसरमा दिनेगरी विभिन्न पुरस्कार प्राप्त गर्ने व्यक्तिको नाम पनि घोषणा गरेको छ। जसमा कृष्णसेन स्मृति पत्रकारिता पुरस्कारमा जनादेशका पूर्वसम्पादक कोमल बराललाई, शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई, वेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार मन्जीमा ढकाललाई दिने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक युवनाथ लम्सालले जानकारी गराएका छन्। प्रेस सेन्टर नेपालले सातै प्रदेशमा प्रदेश समिति, ७७ वटै जिल्लामा जिल्ला समितिले प्रभातफेरीसहित विभिन्न कार्यक्रम गर्दै कृष्णसेन इच्छुककको २२ औँ स्मृति दिवस मनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्