सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न गृहमन्त्री डराउनुभयो : ज्ञानेन्द्र शाही

gyanedra-sahi-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्रीले सत्ताको पक्षमा र प्रतिपक्षमा हुँदा भाषा बोली फेरेको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको प्रतिनिधित्व गर्दै बोल्ने क्रममा राप्रपा प्रमुख सचेतक समेत रहेका शाहीले यस्तो बताएका हुन्।

उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न गृहमन्त्री डराएको बताए। उनले छानबिन समिति बन्दैमा गृहमन्त्रीले डराउनुपर्ने अवस्था नरहेको पनि बताए। दोषी भए कारबाही होला निर्दोष भए फेरि यही संसदमा आउनुहोला, उनले भने।

तर मकै पोलेर र साग बेचेर बचत गरेको पैसा अपचलन भएकाले छानबिनका लागि संसदीय समिति आवश्यक रहेको उनले दोर्होयाए। सहकारी प्रकरणमै राप्रपा सांसद गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको विषयलाई जोड्दै शाहीले देशमा एउटै कानुन हुनुपर्ने पनि बताए।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्