नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्छ : सांसद शर्मा

Janardan_sharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले सरकारले नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधार र पुनरुउत्थानका लागि स्पष्ट खाका ल्याएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, अर्थतन्त्रको सुधार, पुर्नउत्थान, रोजगारी सिर्जनालाई जोड दिएको बताएका हुन्।

पूर्वअर्थमन्त्री शर्माले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई बदल्दै राष्ट्र, राष्ट्रियता, समृद्धि, सुशासनको मार्गमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएको बताए। भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई संस्थागत गर्दै विकास निर्माणलाई गति दिनेतर्फ सरकारको नीति तथा कार्यक्रम लक्षित रहेको उनको भनाइ छ।

देशको समृद्धि र विकासका लागि राष्ट्रिय सहमति एकमात्र विकल्प देखापरेको भन्दै उनले राष्ट्रका सामु उत्पपन्न चुनौती सहमति र एकताबाट मात्र सम्भव भएको बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको अवस्था गम्भीर बन्दै गएकाले सबैले गम्भीरतापूर्वक सोचौं, राजनीतिक दलहरुप्रति जनताका प्रश्न, आक्रोशलाई बेलैमा मनन गरौं। सरकारले ल्याएको नीति तथा कार्यक्रमले विशेष गरी संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्वलाई जोड दिएको छ,’ उनले भने।

संसद्को अवरोध अन्त्य हुननसक्दा संसदीय कार्यभार पूरा गर्न कठिन भइरहेको बताउँदै यसबाट राष्ट्रमा थप संकट र जनतामा असन्तोष बढ्दै जाने भएकाले संसद्को अतिरोध अत्त्य गर्न दलका नेता र सांसदहरुले आ-आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्