लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

lumbini pradeshsava
लोकपाटी न्यूज
0 Shares

बुटवल। लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो बस्दै छ। प्रदेश सभाको आठौँ बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१/०८२ को ‘प्रदेश विनियोजन विधेयक, २०८१ का सिद्धान्त र प्राथमिकता’ माथि छलफल रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सभामा दुई दिन उक्त विषयमा छलफल गरिने सभामुख तुलाराम घर्ती मगरले बताए। आइतबार प्रदेश बसेको बैठकमा अर्थमन्त्री चेतनारायण आचार्यले बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्