सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। सभापति देउवाको निवास बूढानीलकण्ठमा सोमबार दिउँसो १ बजे बैठक बस्नेछ।

सोमबार बिहान पनि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको थियो। बैठकमा आज बालुवाटारमा भएको छलफलका विषय र टीओआरका बारेमा पार्टीभित्र छलफल हुनेछ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले छानविन समितिको माग गर्दै कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाका बैठक अवरोध गर्दै आएको छ।