प्रभु बैंकका ग्राहकलाई द सोल्टी होटेल ग्रुपमा विशेष छुट

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ। प्रभु बैंकको तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल र प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले सम्झौता पत्रमा आइतबार हस्ताक्षर गरेका हुन्।

द सोल्टी होटेल ग्रुप अन्तर्गत द सोल्टी होटेल एण्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ। द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवासतर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५% छुट प्राप्त गर्न सक्नेछन्।

विगत ५ दशकभन्दा बढी देशको पर्यटन क्षेत्रमा द सोल्टी होटेल समूहले योगदान गर्दै आएको छ भने त्यसै गरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं विश्वास दिन्छौं’ मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्