सिंहदरबार वैद्यखानाको क्षमता विस्तार गर्ने घोषणा

Barsaman_Pun
लोकपाटी न्यूज

काठमाडौं। सिंहदरबार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गरिने भएको छ। संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।

आधारभूत आयुर्वेद औषधि उत्पादन प्रवर्द्धनसमेत गरिने भएको छ। त्यसै गरी, सरकारी, निजी र सामुदायिक क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढसमेत बनाउने अर्थमन्त्री पुनले बताए।

‘साथै वैकल्पिक उपचार पद्धतिका लागि २४ करोड विनियोजन गरेको छु,’ अर्थमन्त्री पुनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्