दिवा खाजाका लागि सातै प्रदेशमा ‘मेगा किचन’ स्थापना गरिने

kitchen-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले सात प्रदेशका एक–एक स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुरूप ‘मेगा किचन’ स्थापना गरिने बताएको छ।मंगलबार प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु र डोल्पा लगायत जिल्लामा दिँइदै आएको दिवा खाजाको लागि बजेट वृद्धि गरिएको छ। आगामी वर्ष प्रारम्भिक बाल शिक्षादेखि कक्षा पाँच सम्मको दिवा खाजाका लागि आठ अर्ब ३९ करोड विनियोजन गरिएको छ। कक्षा एकदेखि पाँच सम्मको दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्