गोप्य भिडियो खिचेर ब्ल्याक मेल गर्ने युवा पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

काठमाडौं। साथीको गोप्य भिडियो बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका-५ घर भएका ३० वर्षीय सन्तोष किसान रहेका छन्। किसानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जालमार्फत् महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको भिडिओ बनाई ब्ल्याकमेलिङ गर्ने गरेको आरोप लागेको छ।

अश्लिल भिडियो बनाएपछि यौनसम्पर्कका लागि बार्गेनिङ गर्ने र नमाने भिडियो आफन्तलाई पठाइदिन्छु भन्दै आपराधिक लाभको कसुर गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका किसानलाई आपराधिक लाभको कसुरमा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्