हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ

लोकपाटी न्यूज

काठमाडौं। वृद्धाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ परेका छन्। झापा बिर्तामोडकी ६७ वर्षीया विष्णुमाया विष्टको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका- ४ शिवनगरका २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया बर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र झापा अर्जुनधारा नगरपालिका- ६ का ४३ वर्षीय धनबहादुर कामी रहेका छन्।

विष्णुमायाको गत वैशाख २६ गते बिहान आफ्नै घरमा हतियार प्रहार गरी हत्या भएको थियो। उनीहरूले सुनको गहना तथा नगद लुट्ने उद्देश्यले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट सुनको बाला १ थान, बेरुवा औंठी १ थान, जन्तर १ थान, सिक्री १ थान, टप १ जोर र चाँदीको कलश १ थान बरामद गरेको छ।

उनीहरू उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्