राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रविन्दुमा राख्न सक्नुपर्छ : अध्यक्ष नेपाल

लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको राजनीति भ्रष्टाचारले बिग्रिएको बताएका छन्। शुक्रबार काठमाडौंमा लिखुसँग आत्मसमर्पण पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

भ्रष्टाचारको असर समग्र देशमा परेको उनले बताए। उनले राजनीति गर्नेहरूले जनताको चाहनालाई केन्द्रविन्दुमा राख्न सक्नुपर्ने बताए। राजनीति सहज ढंगले अगाडि बढ्नको लागि जिम्मेवारीमा बसेकाहरू राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्ने उनले बताए।

अध्यक्ष नेपालले अहिलेको बजेटमा कृषिका योजनाहरू धेरै राम्रो गरी आएको बताए। उनले राज्यका स्रोत साधनहरू जनताको हितमा सोच विचार गरेर परिचालन गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्