महासंघको निर्वाचन तोकिएको समयमै गर्न वामपक्षधर ६ संगठनको माग

kkkkk
लोकपाटी न्यूज

काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न वाम पक्षधर ६ संगठनले संयुक्त रुपमा माग गरेका छन्। महासंघको जेठ २६ गते तोकिएको निर्वाचनको मिति नजिकिँदै गर्दा सदस्यता र नामावली टुंगो लगाएर सार्वजनिक गर्न ढिलाई गरिएको भन्दै प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, जनपत्रकार संगठन, नेपाल र क्रान्तिकारी प्रेस संगठनले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै महासंघ नेतृत्वलाई छिटो सदस्यता टुंगो लगाई निर्वाचन गर्न दबाब दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ , ‘निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

उनीहरुले महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन माग गरेका छन्।

विज्ञप्तिको पूर्णपाठ:

pic-000

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्