जलवायु परिवर्तनको विषयमा गम्भीर बहस गरौं : सांसद सापकोटा

Madhav_Sapkota
लोकपाटी न्यूज

काठमाडौं। माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन्। आइतबारको प्रतिनिधसभामा बोल्दै सांसद सापकोटाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले यो विषयलाई प्राथमिकताका साथ उठाएको बताउँदै सदनमा पनि यसबारे गम्भीर छलफल गर्न आवश्यक रहेको बताएका हुन्।

उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा संसदले पनि आफ्नो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने बताए।

सांसद सापकोटाले ०७८ साल असार १ गते मेलम्चीमा आएको लेदोसहितको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत आजसम्म नपाएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्