अमेरिकाले सन्दीपलाई भिसा नदिनु भनेको देशकै अपमान हो : ज्ञानेन्द्र शाही

gyanedra-sahi-pic
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएकोमा संसदमा विरोध जनाएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अमेरिकाले सन्दीपलाई भिसा नदिनु भनेको देशकै अपमान भएको बताए।

उनले उच्च अदालतले निर्दोष भएको फैसला गरेको, क्यान र आइसीसीले स्वीकृत गरेपनि खेलाडीलाई भिसा नदिँदा प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिँड्न लाज लाग्दैन भन्दै प्रश्न गरे।

यही जुनमा अमेरिका र वेस्ट इन्डिज मा हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न तयार सन्दीप लामिछानेको भिसा अमेरिकाले दोस्रो पटक पनि रिजेक्ट गरिदिएको थियो।

बिहीबार अपराह्न ४ बजे अन्तरवार्ताका लागि महाराजगन्जमा बोलाइएका सन्दीपलाई एक महिनाभित्र दोस्रो पटक अमेरिकी दूतावासले भिसा दिन नमानेको हो।

यसअघि जेठ ९ मा दूतावासले सन्दीपलाई भिसा दिन मानेको थिएन। पहिलो पटक भिसा दिन नमानेपछि सरकारको उच्च तहबाट अमेरिकी दूतावासमा पहल गरिएको थियो। तर दूतावासले कुनै कारण नखुलाई दोस्रो पटक पनि सन्दीपको नाममा भिसा जारी गर्न नमानेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्