संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसदअन्तर्गत आज (मंगलबार) दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो। आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ।

त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संविधान सभा सभासद् सूर्यमान गुरुङ, पुर्व सांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्वराष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै राष्ट्रिय सभाको बैठक १: १५ बजे बोलाइएको छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।

अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका पूर्वसदस्य खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्