राष्ट्रिय सरकार गठन गरेर अघि बढौं : सांसद पाण्डे

bikram pandey
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन्। मङ्गलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा र्पुयाउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन्।

गणतन्त्ररुपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गरे। उनले बजेट वक्तव्य माछो माछो भ्यागुतो जस्तो हुने टिप्पणी गरे। गणतन्त्रको विकल्प खोजेर अगाडि बढ्नुपर्ने बताए। यसो भएमात्रै देशलाई समस्याबाट मुक्त गर्न सकिने उनको भनाई छ।

सांसद पाण्डेले भने, ‘गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनौँ र किन नयाँ सोचका साथ हामी अगाडी बढ्दैनौँ। यसका लागि म सम्पूर्ण दलका नेताहरूलाई निवेदन गर्न चाहन्छु यो समस्याबाट देशलाई मुक्त गर्न अगाडी बढ्नका लागि अनुरोध गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्