सुस्ताएको भ्रष्टाचारविरोधी अभियानलाई अगाडि बढाइनुपर्छ : लेखनाथ दाहाल

Rajan -dahal pic
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सदन सञ्चालनको विषयमा समीक्षा गर्ने बेला भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गर्दै सदन सञ्चालनको विषयमा समीक्षा आवश्यक रहेको बताएका हुन्।

‘हामीले सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ। कुनै एउटा समस्या आउने बित्तिकै महिनौं सदन अवरुद्ध हुन्छ,’ सांसद दाहालले भने, ‘विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले तरिकाले पेस हुन पाइँदैन।’

उनले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्ने पनि बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ।

‘भ्रष्टाचारविरुद्धको अभियानले एक समयमा जनतामा उत्साह र उर्जा पैदा गरेको थियो। जनतामा नयाँ आशा जगाएको थियो। संस्थागत भ्रष्टाचारका फाइल खुलेका थिए। संस्थागत भ्रष्टाचारका खुलेका फाइल किनारा लाग्नुपर्छ। जो खुल्न बाकी छन्- ती खुल्नुपर्ने हुन्छ,’ उनले भने, ‘पछिल्लो समय अलि सुस्तता जस्तो देखिएको भ्रष्टाचारविरुद्धको अभियानलाई नयाँ ढंगले अगाडि लैजानुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्