प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ।

आज बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजै राष्ट्र ऋण उठाउने विधयेक प्रस्तुत गरिने छ। यस्तै भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गरिने संसद् सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्