एनआईसी एशिया बैंकद्वारा कर्जा ग्राहकलाई छुटसम्बन्धी योजना सार्वजनिक

bank -nic
लोकपाटी न्यूज

काठमाडौं। एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुका लागि छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ। बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले छुट सम्वन्धी योजना सार्वजनिक गरेको हो।

बैंकले वि.सं.२०८० चैत्र मसान्त सम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम वि.सं.२०८१ जेष्ठ महिना भित्रमा भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट हुने बैंकले जनाएको छ।

योजना छुट

nic

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केहीहदसम्म भएपनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवापुग्ने विश्वास लिएको छ।

मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्