प्रधानमन्त्री मोदीले दिए पदबाट राजीनामा

modi
लोकपाटी न्यूज

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री मोदीले बुधबार राष्ट्रपति द्रोपदी मुर्मरलाई भेटेर राजीनामा बुझाएका हुन्।

जुन ८ मा भारतमा नयाँ सरकार गठन हुनेछ। पहिलो पार्टी बनेको भारतीय जनता पार्टी (भाजपा)ले फेरि अर्को सरकार गठनको पहल थाल्नेछ। नरेन्द्र मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ।

लोकसभाका लागि भएको निर्वाचनमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेनन्। लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ। यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो। तर, भाजपा नेतृत्वको गठबन्धन एनडीएले भने बहुमत हासिल गरेको छ।

एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ। सोही गठबन्धनको सहयोगमा मोदी तेस्रो पटक प्रधानमन्त्री पदमा विराजमान हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्। यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन।

त्यसबाहेक विपक्षी गठबन्धनले पनि सरकार बनाउन कसरत थालेको बताइएको छ। लोकसभा निर्वाचनमा ९९ सिटमा विजय हासिल गरेको कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले भने २३२ सिट हात पारेको छ।

निर्वाचन आयोगको वेबसाइटका अनुसार बीजेपीले २४०, कांग्रेसले ९९, सपा ३७, टीएमसी २९, डीएमके २२, टीडीपी १६, जेडीयू १२, शिव सेना यूटीबी ९, एनसीपी शरद पवार ७, आरजेडी ४ र लोक जनशक्ति पार्टीका रामविलासले ५ मत पाएका छन्। शिव सेना शिन्देले ७ सिट पाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्