शिक्षामन्त्री सुमनाको प्रश्न : महिलाको विवाह भएपछि घरप्रति कुनै जिम्मेवारी हुँदैन ?

Sumana_Shresth
लोकपाटी न्यूज

काठमाडौं। शिक्षामन्त्री सुमना श्रेष्ठले महिलाको विवाह भएपछि घरप्रति कुनै जिम्मेवारी हुँदैन भन्दै प्रश्न गरेकी छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आफूलक्षित टिप्पणीप्रति उनले बुधबार फेसबुकमार्फत् टिप्पणी गरेको जवाफमा सो प्रश्न गरेकी हुन्। उनले महिलालाई गर्ने दृष्टिकोण परिवर्तन हुनुपर्ने बताएकी छन्।

उनले यहाँका राजनीतिक अगुवा भनिएकाहरूले नै नेपाल आएपछि राजनीतितिर नहेरून, उनीहरूको शक्ति र वर्षौंदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाऊन, उनीहरूको होमा हो भन्ने कार्यकर्ता बनून भन्ने अभिष्ट राख्ने गरेको बताएकी छन्। श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन्।

उनले फेसबुकमा लेखेको स्टाट्स:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्