संसदमा अर्थमन्त्रीको जवाफ : बजेट वितरणमुखी नभई उत्पादनमुखी (पूर्णपाठ)

Barsaman_Pun
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटको आकार सन्तुलित रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा आएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पुनले बजेट कार्यान्वयन गर्न कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने बताए।

मन्त्री पुनले बजेटको आधार टेकेन, आकार, बजेट महत्त्वाकांक्षी भन्ने लगायताका टिप्पणी निराधार भएको बताए। अर्थमन्त्री पुनले अर्थतन्त्रलाई थप चलायमान बनाउन र निजी क्षेत्रसमेतको मनोबल बढाउने आगामी आवको बजेटको कार्यदिशा रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी रहेको बताए।

यसै गरी विगतका वर्षहरूभन्दा आगामी आर्थिक वर्षमा पुँजीगत खर्चमा भएको वृद्धि भएको बताए । साथै स्रोत सुनिश्चित गरिएका आयोजना र सिर्जित दायित्व भुक्तानी तथा आगामी वर्ष सम्पन्न हुने आयोजनाको लागि आवश्यक रकम विनियोजन गरिएको पनि अर्थमन्त्रीको जवाफ छ ।

नेपालको संविधान, सोह्रौँ योजनाको सोच, गणतन्त्रको डेढ दशकको उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा माननीय सदस्यहरूबाट व्यक्त भएको रचनात्मक सुझाव, नेपाल सरकारको नीति तथा कार्यक्रम एवं नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधारको रूपमा ग्रहण गरी बजेट तर्जुमा गरिएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्