खाद्यलाई प्रतिस्पर्धी कम्पनीको रुपमा विकाश गर्नुस् : मन्त्री भण्डारी

Damodar_Bhandari
लोकपाटी न्यूज

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई परम्परागत रूपले चलाउन नसकिने बताएका छन्। कम्पनीको अनुगमनपछि आज उनले संरचनागत सुधार गरेर खाद्यलाई प्रतिस्पर्धी कम्पनीको रुपमा विकाश गर्न निर्देशन दिए।

‘सरकारको स्वामित्व छ, निजी क्षेत्रसित प्रतिस्पर्धा गरेर जनताको सेवा गर्नु छ, परम्परागत रूपले कम्पनी चलाउन सकिँदैन,’ उनले भनेका छन्, ‘संरचनागत सुधार गर्नुस्, कर्मचारीले इमान्दार भएर काम गर्नुस्, काखापाखा कसैलाई गरिँदैन मन्त्रालयबाट, काम गर्ने नियत नहुनेले मार्ग प्रशस्त गरिदिनुस्।’

तत्कालीन नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेड एकापसमा गाभिए पनि कानुनी रूपमा देखिएको समस्या समाधानमा मन्त्री भण्डारीले चासो व्यक्त गरे। उनले नेपाली वस्तु उत्पादन तथा बजारीकरण गर्नसमेत कम्पनीका कर्मचारीलाई निर्देशन दिएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्दप्रसाद भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्