सन्दीप लामिछाने निर्दोष भएपछि अहिले विश्वकपको मैदानमा हुनुपर्थ्यो : विश्वप्रकाश शर्मा

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विश्वकप खेल्न सन्दीप लामिछानेलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै शर्माले क्रिकेट टोलीलाई शुभकामना दिँदै यस्तो बताएका हुन्।

अदालतले सफाइ दिइसकेपछि उनलाई सरकारले भिसाको पहल गर्न कमजारी गरेको शर्माले बताए। ‘हिजो आरोप लागिरहेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रन हुँदैन भनेर हामी कयौले भन्यौँ,’ शर्माले भने, ‘तर, सम्मानित अदालतले निर्दोष सावित गरिसकेपछि यसबेलामा सन्दीप लामिछानेको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहेको अवस्था हुनुपथ्र्यो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्