प्रधानमन्त्रीका रुपमा आइतबार शपथ लिँदै नरेन्द्र मोदी

modi2
लोकपाटी न्यूज

नयाँदिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्रीका रुपमा आइतबार मात्रै शपथ लिने भएका छन्। लोकसभामा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा अझै भागबन्डा मिल्न बाँकी रहेको अवस्थामा शनिबार हुने भनिएको शपथ आइतबारलाई सारिएको हो।

मोदीले बुधबार मात्रै नेपालसहित छिमेकी देशका सरकार प्रमुखहरूलाई शनिबार शपथ लिन लागेको भन्दै निम्ता दिएका थिए। तर शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित समय निस्किएपछि त्यही दिन शपथ लिने तयारी मोदीले गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्