मधेस प्रदेशका मुख्यमन्त्री सिंहले लिए सपथ

satish-kumar-sing
लोकपाटी न्यूज

जनकपुरधाम। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको सपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन्। प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका हुन्।

शुक्रबार जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीको १ गरी ५५ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्