युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. र प्रभु बैङ्कबिच विशेष छुट सम्झौता

prabhu bank-pic
लोकपाटी न्यूज

पोखरा। प्रभु बैङ्क लिमिटेड र पोखरामा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली. (यु.आर.एल.) बिच स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मिर्गौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाड जोर्नी, भिटामिन लगायतका युआरएलद्धारा परीक्षण गरिने सम्पूर्ण ल्याब सेवा शुल्कमा प्रभु बैङ्कका ग्राहक वर्ग र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौता अनुसार ल्याब परिक्षणको सेवा शुल्कमा प्रभु बैङ्कका ग्राहकहरूलाई २० प्रतिशत र बैङ्क कर्मचारीलाई २५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन्। गण्डकी प्रदेशको पहिलो र लोकप्रिय एवं आइएसओ २०१५ प्रमाणित युनाइटेड रेफरेन्स ल्याबोरेटरीले सञ्चालन गरेका मुख्य कार्यालय सभागृह चोक, कास्की हस्पिटल चोक, महेन्द्र पुल, मिया पाटन, बाटुले चौर, चाउथे, बिरौटा, लेक साइड, शिशु वा, तनहुँको दुलेगौडा, शुक्ल गण्डकी, दमौली, लमजुङको बेशीशहर, स्याङ्जाको पुतली बजार, वालिङ लगायत १८ भन्दा बढी ल्याबहरूमा उक्त छुट प्राप्त गर्न सकिनेछ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.ली.का तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैङ्कको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। उक्त समारोहमा प्रभु बैङ्क लि।सहसम्बन्ध प्रबन्धकहरू प्रकाश पौडेल, शर्मिला भण्डारी, युनाइटेड रेफरेन्स ल्याबोरेटरीका प्रबन्ध निर्देशक गणेश कोइराला, सुशील थापा लगायतको उपस्थिति रहेको थियो।

ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रुपमा रहेको तथा “बैङ्क अफ द इयर २०२३” को उपाधि बाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्