खेलाडी पलायन रोक्न नयाँ योजनाको खाँचो छ : रक्षामन्त्री उप्रेती

Hari_Prasad_Upreti
लोकपाटी न्यूज

सर्लाही। रक्षामन्त्री हरिप्रसाद उप्रेतीले खेलाडी पलायन रोक्न राज्यले संरक्षण, संवर्द्धन र प्रोत्साहनका योजना ल्याउनुपर्नेमा जोड दिएका छन्। सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन-कान कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलको माध्यमबाट विश्वमा नेपालको नाम उजागर गरेका खेलाडीका समस्या समाधानको निम्ति नयाँ योजना अगाडि बढाउनुपर्ने खाँचो औँल्याएका हुन्।

मन्त्री उप्रेतीले खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताए। उनले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए। ‘हिमालयको देश भनेर नेपालको पहिचान स्थापित भएजस्तै पछिल्लो समय खेल क्षेत्रले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित हुँदैछ तर विशेष गरी खेल क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी छन्। यसतर्फ हामी सबै गम्भीर बन्नुपर्छ,’ उनले भने।

खेल क्षेत्रको विकाशका लागि अहिले सञ्चालन भइरहेका कार्यक्रम प्राप्त नभएको उनको भनाई छ। ‘नेपाली खेलाडीले पोषण, आवश्यकताअनुसारको खेलमैदान पाएका छैनन् तथापि उच्च मनोबलका साथ देश विदेशमा गएर खेल खेल्नु सराहनीय छ,’ मन्त्री उप्रेतीले भने, ‘अब नेपाल सरकारले पनि खेल क्षेत्र र खेलाडीको विकासका लागि काम अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ। यसमा तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्