पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा गर्नुपर्छ : नेता निधि

Bimalendra_Nidhi
लोकपाटी न्यूज

सुर्खेत। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा गर्नुपर्ने बताएका छन्। वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रका समस्या समाधान विचारका आधारमा मात्र हुने बताएका हुन्।

पार्टीलाई एकताबद्ध बनाउन आन्तरिक वितृष्णा अन्त्य गर्न जरुरी रहेको उनको भनाई छ। पार्टीमा देखिएका असन्तुष्टि र असहमतिलाई सहज बनाउन देशभर छलफल र भेटघाट अघि बढाएको उनले जानकारी दिए।

उनले भने, ‘पार्टीभित्रको समस्या समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ।’ नेता निधिले आगामी चुनावमा काँग्रेसले बहुमत ल्याउने गरी तयारीमा लागेको बताए। फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेको पनि बताए।

यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरे पनि त्यो टिक्न नसकेको उनको भनाइ थियो। पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्