नेकपा एमाले नुवाकोट जिल्ला अध्यक्षमा पुनः मैनाली निर्वाचित

nuwakot-uml-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन्। एमाले नुवाकोट जिल्ला कमिटीको आठौं अधिवेशनबाट मैनाली दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

नेतृत्वका लागि एकभन्दा बढी आकाङ्क्षी देखिएपछि पाँचै जना पदाधिकारीका लागि निर्वाचन भएको थियो। अधिवेशनबाट जिल्ला कमिटीको उपाध्यक्षमा राजेन्द्ररमण खनाल र सचिवमा शिव चित्रकार निर्वाचित भएका छन्। उपसचिवद्वयमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित भएका हुन्।