सुनको मूल्य आज ४ हजार रुपैयाँले घट्यो

Gold
लोकपाटी न्यूज

काठमाडौं। आज (आइतबार)  नेपाली बजारमा सुनको मूल्य ४ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला १ लाख ४१ हजार निर्धारण गरिएको छ। शुक्रबार छापावाला सुन तोलामा १ लाख ४५ हजारमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार तीन सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर एक तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतिोला १ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्