प्रतिनिधिसभा बैठक स्थगित

Sansad_samsad
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले आज र भोलिको बैठक स्थगित गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। अब २९ गतेदेखि नियमित छलफल हुनेछ। विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो। अब २९ गतेदेखि नियमित छलफल हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्