कोशी सरकारविरुद्धको मुद्दाकाे सुनुवाई स्थगित

लोकपाटी न्यूज

काठमाडौं। कोशी प्रदेश सरकार विरुद्धको रिटमा सुनुवाई स्थगित भएको छ। कोशीका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटको आज न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको पूर्ण इजलासमा परेपनि सुनुवाई स्थगित भएको हो।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेका थिए।

यसअघि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजालसले रिटमाथि सुनुवाइ गर्न पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो। यसअघि रिटमा सुनुवाइ गर्दै सर्वोच्चले जेठ ९ गते मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्