झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

khachchar-karnali-bridge-1024x666
फोटो : दिलबहादुर थापा
लोकपाटी न्यूज

दैलेख। अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चड सकुशल उद्धार गरिएको छ भने दुई वटा खच्चड मरेका छन्।

उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए।

उनकाअनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो। फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्