नक्कली नोटसहित एक महिला पक्राउ

pakrau
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देवी डंगोल नक्कली नोटसहित पक्राउ परेकी छन्। डंगोल शनिबार राति नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित पक्राउ परेकी हुन्।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्