प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा

prachanda-dilli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आइतबार अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन्।

प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओएसडी (ईआर तथा डीपीए) पी.कुमारनले स्वागत गरेका थिए।तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आइतबार साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ।

सो शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच आइतबारै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री सोमबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्