गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै आज

SurendraRaj_Pandya
लोकपाटी न्यूज
0 Shares

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न प्रदेश सभाको बैठक सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।

यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ। साठी सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत पाएको खण्डमा भोलि मंगलबार प्रदेश सभामा सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेका छन्। मंगलबार नै नीति तथा कार्यक्रम माथि छलफल गरेर पारित गर्ने उनको योजना छ। प्रदेश सरकारले असार १ गते आगामी आर्थिक बर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्