प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Sansad_samsad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बनेश्वरमा बस्नेछ। आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने कार्यसूची रहेको छ।

आज वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।

बैठकमा सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन्।

सांसद अमरेश कुमार सिंहले उक्त मन्त्रालयहरु शीर्षकको खर्च रकम घटाइ एक रुपैयाँ गरियोस भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी सांसद पुष्पबहादुर शाह, बद्री पाण्डे, रमा कोइराला पौड्याल, संजयकुमार गौतमले पनि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्। यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।