गृहमन्त्रीलाई सांसद शाहीको प्रश्न : जिबी राई कहिले पक्राउ गर्नुहुन्छ ?

gyanedra-sahi-pic
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाईलाई सहकारी घोटाला प्रकरणमा फरार रहेका जिबी राई कहिले पक्राउ पर्छन भन्ने प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुखबाट समय लिएर बोलेका राप्रपा प्रमुख सचेतकसमेत रहेका शाहीले भने, ‘आकासमा भए पनि, पातालमा भए पनि खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो। कहिले पक्राउ गर्नुहुन्छ गृहमन्त्रीले हामी हेरेर बसेका छौं।’

शाहीले गिरीबन्धु टि-इस्टेट लगायतका भ्रष्टाचार तथा अनियमितताको छानबिन कहिले गर्ने हो भन्दै प्रश्न गरेका छन्। ‘अहिले हामी ठूला फाइल खोल्दिन्छन कि भनेर संसद्मा हेरेर बसिराख्या छौं। गिरिबन्धु टि-इस्टेटको फाइल कहिले खुल्छ ? संसद्मा हामी सुन्न आतुर छौं, उनले भने। सरकार ठूला-ठूला घोटालाहरूमा छानबिन गर्नका लागि तयार नभएको सांसद शाहीको भनाई थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्