सरकार नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको छ : अर्थमन्त्री पुन

Barsaman_Pun
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले सरकारले लिएको लक्ष्य अनुसार नयाँ चरणको आर्थिक सुधारको काममा सरकार प्रतिवद्ध रहेको बताएका छन्।

तीन खम्बे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन्।

उनले निजी क्षेत्रलाई अग्रभूमिकामा राख्दै संविधानमा उल्लेख तीन खम्बे अर्थनीति अनुसारनै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताए।

राजनीतिक नेतृत्व लगायतका विज्ञहरूको सहभागितामा आर्थिक सुधारका लागि नीतिको निरन्तरतासहितको रोडम्याप आयोगमार्फत बनाइने उनले बताए। अर्थमन्त्री पुनले जलविद्युत क्षेत्र, सिमेन्ट क्षेत्र लगायतमा पुरानै नीति भएकै कारण उक्त क्षेत्र राम्रो भएको भन्दै सूचना प्रविधि लगाएका रुपान्तरणकारी क्षेत्रमा पनि साझा रोडम्याप बनाउन जरुरी रहेको बताए।